एमसीसीको बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
11.6K
SHARES

२८ साउन काठमाडौ। सत्तामा हुँदासम्म कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली यूटर्न भएका छन् । सत्ताबाट बाहिरिएसँगै उनले एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । उनले बरु सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको समेत बैठकमा बताए ।

एमसीसीको सत्तारुढ दल बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन रु १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ? उनले भने, ‘हामी त स्पष्ट छौँ ।

हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।

काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए । उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए ।

‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’, ओलीले भने, ‘ पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो।’

उनले आफूहरूले  सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्‍याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिँगौरी खेल्न आए सिङ्ग भाँचिने चेतावनी दिए ।

आफ्नो नेतृत्वको सरकारले धरहरा, रानी पोखरी बनाउने देखि मेलम्चीको पानी काठमाडौँसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए ।

भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबैचिजहर’, उनको भनाइ थियो  । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।