मन्त्री हुन खोज्नेहरूलाई नेता नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
5.9K
SHARES

३० साउन काठमाडौ । आफ्नो समुहका केही नेताले मन्त्री हुनका लागि दाम्लो चुडाँउन लागेको दुखेसो गर्नुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा एमालेका असन्तुष्ट नेता नेपालले सरकारमा नजाने आफ्नो समुहको नीति भएको तर दाम्लो चुडाँएर जानेहरुलाई आफूले केही गर्न नसक्ने स्पष्ट पार्नुभयो । ‘केही केही साथीहरु त अब हामी जान्छौं भनेर दाम्लो चुडाँउन पनि तयार हुनुभयो ।

अब दाम्लो चुडाँउनेसँग त के लाग्छ र । आफ्नैलाई त रोक्न सकिएको छैन । अरुलाई कसरी रोक्नु ? ’ नेपालको दुखेसो थियो ‘अहिले दाम्लो नचुडाउनु होला । अन्तिम कोशीश गर्न दिनुहोस ।’

दाम्लो चुडाउन खोज्नेहरुलाई नेता नेपालले सम्झाइ बुझाइ पनि गर्नुभएको छ । ‘मन्त्री ठूलो कुरो होइन ,बिचार ठूलो कुरा हो । पद ठूलो कुरो होइन नीति ठूलो कुरा हो ’ नेता नेपालले भन्नुभएको छ ।

आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बनाउन आफ्नो समहुलाई नकुर्न भनेको बताउनुभएको छ । ‘हाम्रो टुंगो छैन । तपाईहरु मन्त्री बनाउदै गर्नुहोस भन्देको छु’ नेपालको भनाइ छ ।