पार्टी विभाजनको संघारमा पुगेको बेला नेता खनालले दिय यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
17.3K
SHARES

३१ साउन काठमाडौं । उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।

आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट(फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।

‘विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो’ आचार्यले भने।

मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको उनले जानकारी दिए।