प्रतिगमनको सकिएको छैन, वाम गठबन्धनलाई कायम राख्ने – माओवादी निष्कर्ष


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
9K
SHARES

३१ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले प्रतिगमनको खतरा नसकिएको निष्कर्ष निकालेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको एउटा प्रयास असफल भएपनि प्रतिगामीको खतरा भने नसकिएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकले वाम गठबन्धन र सहकार्यलाई कायम राख्ने पनि निर्णय गरेको छ । माओवादी केन्द्रले सरकार र संसद्लाई पूर्ण कार्यकाल सफल पार्न अपिल गर्ने भएको छ ।

यस्तै बैठकले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यसैगरी बैठकले विधान संशोधन प्रस्ताव पारित पनि गरेको छ । जसअनुसार जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति कायम गरिएको छ ।

यस्तै, पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहने व्यवस्था गरिएको छ । पार्टीलाई जनआधारित पार्टी बनाउने भनिएको छ । बैठकले चारवटा समसायिक प्रस्ताव पनि गरेको छ ।