यस कारण मापसे सरकार भनौ – नेता बस्नेत


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
4.2K
SHARES

३२ साउन काठमाडौं ।अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताए ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘मापसे’ सरकार भन्दा उचित हुने पनि बताए । देउवा सरकारलाई परमादेशबाट आएको सरकार भन्दा सत्तापक्षले टाउको दुखाएको भन्दै उनले यसलाई मापसे– माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवा) सरकार भन्दा उचित हुने बताए ।

सम्बोधनका क्रममा उनले भने– “यो सरकारलाई परमादेशबाट आएको सरकारभन्दा सत्ता पक्षका माननीयज्यूहरूले टाउको दुख्दो रहेछ । मलाई एकजना कलाकारले सल्लाह दिनुभयो, अब यसलाई परमादेशबाट नभन्ने हो भने मापसे सरकार भन्नुहोस् भन्नुभयो । माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले, मापसे सरकार ।

मापसे सरकारले आज गज्जबको निर्णय गर्दैछ भन्ने मैले सुने, यो संसद् अन्त्य गर्ने र अध्यादेशमार्फत् नेकपा एमाले विभाजन गर्ने अध्यादेश आज ल्याउँदैछ भन्ने सुनेँ । हिजो संसदीय व्यवस्थालाई चुनौति दिने र केपी ओली सरकारलाई गाली गर्नेले आज यो निर्णय गर्यो भने संसद इतिहासमा कालो निर्णय हुनेछ । डेढ महिनासम्म खाली उहाँहरूले श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गरेर यो सदनलाई टुंग्याउनुभयो, न बिजनेस दिनुभयो, न विधेयक दिनुभयो ।”