अध्यादेश बिनासर्त फिर्ता हुनपर्छ – नेता भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
6.8K
SHARES

१ भदौ साउन काठमाडौं ।आज नेकपा (एमाले)का नेता योगेश भट्टराईले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने बताएका हुन् ।

राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने नियोजित षड्यन्त्र भएको उनको भनाइ छ ।

यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ,” उनले लेखेका छन्, “विगतको फोहोरी राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको घोर असफलता हो ।”

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर त्यागका साथ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।