एमालेले नेपालसहित यी १४ सांसदलाई गर्‍यो पदमुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
8.4K
SHARES

१  भदौ काठमाडौं । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ । एक

स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

संसद् सचिवालयमा बुझाएको पत्रको बोधार्थ निर्वाचन आयोगमा पनि पुगेको सचिव सुरेश अधिकारीले जानकारी दिए । निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको छ ।