पार्टी विभाजनपछि नेता पोखरेलले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
3.6K
SHARES

३ भदौ काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् ।

उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गरेका छन् ।

नेता माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सार्वजनिक गरेका हुन् ।