पार्टी विभाजनपछि अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
३ भदौ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी विभाजन नभई बरु टुक्रिएको बताएका छन्।बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका हुन्।
ओलीले भने, ‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरू गरेको छ, अस्थिरता सुरू गरेको छ, अनेक प्रचार गरेको छ। त्यस्तो हुँदा पनि सहेर मैले एकताको प्रयास गरें।’
उनले प्रदेश-प्रदेशमा पार्टीभित्र अन्तरघात भएको संसद जोगाउँछु भन्दा आफूलाई विश्वासको मत नदिइएको दाबी गरे।
ओलीले भने,‘आफैंले फोन गरेर, कुरा गरेर, भेटेर एकताको प्रयास गरेको छु। मैले नै एकताको प्रयास गरिनँ भन्नु अनुचित आरोप हो।’ उनले एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने गरी कामहरू चलाइरहेको आरोप लगाए।