पार्टीबाट गद्धारहरू निस्केर गए – नेता पण्डित


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
19.2K
SHARES

५ भदौ काठमाडै । अहिले माधव नेपाल सहित नेताहरुले नयाँ दल दर्ता गरेपछि नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लालबाबु पण्डितले पार्टीबाट केहि ग’द्धा’रहरु निस्केर गएको प्रतिक्रिया दिएकाछन् । निहित स्वार्थमा लागेर नयाँपार्टी दर्ता गरेको भन्दै नेता पण्डितले यस्तो प्रतिक्रिया दिएका हुन्।

अहिले नयाँ दल दर्ता गर्न लागेका साथिहरु लामो समयदेखि पार्टीमा घात गर्दै आएको समेत उनले बताएकाछन् । उनले भने, ‘निहित स्वार्थ पुरा गर्नका लागि पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रि शेरबहादुर देउवाको उक्साहटमा लागेर राजनितिक र बैचारिक प्रतिद्ध’न्द्धिलाई फाईदा पुग्ने गरेर पार्टी विभाजन गरिएको छ।

ग’द्धा’रहरुले इतिहाँसमा कम्यूनिष्ट आन्दोलनको कलंकित इतिहाँस रचेकाछन् । भविष्यमा नयाँपुस्ताले इतिहाँस पढ्छन् । नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले जनता माझ लोकप्रिय छ । हामी पुरानो ठाउँबाट पार्टीलाई अझै माथि उठाउने गरी अगाडि बड्छौँ।’