नेपाल आफ्ना सांसद र केन्द्रीय सदस्य लिएर चन्द्रागिरीमा
७ भदौ काठमाडौ । नेकपा एकीकृत समाजवादी दर्ता गरेका माधव कुमार नेपाल आफ्ना नेता सांसद लिएर चन्द्रागिरी डाँडामा पुगेका छन् । चन्द्रागिरी हिल्सले सञ्चालन गरेको रिसोर्ट बुधबार बिहान सम्मका लागि बुकिगं गरिएको स्रोतको दाबी छ ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्ना पूर्व सहयोगी केही नेता १० बुदे सहमति कार्यन्वयन गर्ने सहमति भएको बताउदै गर्दा नेपाल भने सांसद र केन्द्रीय सदस्य लिएर रिसोर्टमा छलफलमा जुटेका हुन् ।
सो रिसोर्टमा आज र भोली दिनभर छलफल गरेपछि बुधबार सिधै निर्वाचन आयोग जाने तयारी भएको नेपाल निकट एक नेताको दाबी छ ।
पछिल्लो अध्यादेश अनुसार बनेको नियमावली अनुसार पार्टी विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने प्रावधान छ । जस अनुसार नेपाल पक्षमा ४१ केन्द्रीय सदस्य भए पर्याप्त हुन्छ । तेस्रो धारले साथ नदिएको अवस्थामा पनि नेपालसँग दल विभाजनका लागि पर्याप्त संख्या छ भने सांसद पनि २० प्रतिशत बढी नै हुने दाबी गरिएको छ । आज रिसोर्टमा ५० देखि सय जनाका लागि बुकिगं गरिएको बुझिएको छ ।
दल दर्ताको प्रमाणपत्र लिए लगत्तै माधव नेपालले ५ देखि ६ जना नेतालाई मन्त्री बनाउने समेत तयारी गरेका छन् ।
कम प्रतिकृया जनाउने तर मुख्यमन्त्री हेरफेरदेखि प्रदेश प्रमुख हुँदै विभिन्न नियुक्तिमा समेत माधव पक्षले राम्रो भूमिका पाउदै देखिदै गएको छ । माधव नेपालका लागि प्रचण्ड र प्रधानमन्त्री देउवाले राम्रो स्पेस दिईरहेको देखिन्छ ।