चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन – नेता बाँस्कोटा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
10.8K
SHARES

७ भदौ काठमाडौं । आज नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधरलाई हाडिघोप्टे भन्दै आलोचना गरेका छन् । उनले व्यङ्ग्य गर्दै माधव नेपालले आफूलाई निम्तो नगरेको समेत टिप्पणी गरेका छन् ।

आज ट्वीट गर्दै माधव नेपाल बाक्लो दाल खान चन्द्रागिरीमा लुक्न पुगेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन । कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफु त गहतकै झोल खाईन्छ। किड्नीलाई राम्रो गर्छ रे।