सहमतिको सम्भावना सकियो – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
2.7K
SHARES

८ भदौ काठमाण्डौ । अहिले नेता माधवकुमार नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका हुन् । उनले यसअघि पटक पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ।

निर्वाचन आयोगले सनाखतका लागि भोलिका लागि बोलाएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।