यी नौ जना नेताहरु ओलीको टाङमुनि छिर्छन् भन्ने थाहा थियो – नेतृ झाँक्री
८ भदौ काठमाडौ । अहिले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छन्।
प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उहाँहरु (भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना) केपी ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो’, सोमबार बालकोटमा भएको समझदारीप्रति संकेत गर्दै झाँक्रीले भनिन्।
उनले सय भन्दा बढी नेताहरु बस्नुपर्ने भएकाले एकै ठाउँ सहज होस् भन्नका लागि चन्द्रागिरि रिसोर्ट नै रोजिएको पनि बताएकी छन्। उनले उक्त रिसोर्ट बसाइमा नयाँ पार्टीको घोषणा, नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गर्ने तयारी भएको बताइन्।
त्यसमाथि भोलि दिनभर ३१ जना सांसदसहित छलफल गरेर निर्णय गर्ने उनले बताइन्। ‘बुधबार निर्वाचन आयोगबाट नया दलको मान्यता पाएपछि हामी काम अगाडि बढाउँछौँ’, उनले भनिन्।
उनले चन्द्रागिरि रिसोर्ट नयाँ पार्टीको खाका कोरिने पनि बताइन्। ‘हामी पहिले नयाँ पार्टी बनाउन तयार छौँ। यो ठाउँ रोज्नुको कारण छलफल गर्न मात्रै हो’, उनले भनिन्, हामीसँग भएका साथीहरू स्पातिलो छौँ। हामीलाई कसैले खोस्न सक्दैन। भोलि छलफल सकियो भने जान्छौँ। सबै एकै ठाउँ बसेर छलफल गर्न मात्र चन्द्रागिरि रोजेका हौँ।’