यस कारण एमाले स्थायी कमिटी बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ८ २०७८
6.5K
SHARES
८ भदौ काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बैठक बिहान ११ बजेका लागि तय भएको थियो ।
बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।
दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।
बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट