यसरी मिल्यो मन्त्रालयको भागबण्डा , कसले कति मन्त्रालय पाए ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
8.7K
SHARES

११ भदौ काठमाडौं।अहिले सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबण्डा टुंग्याएको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको हो।

एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ।

यससँगै गठबन्धनका दलहरुबीच मन्त्रालयको संख्यामा भागबण्डा मिलेको हो। तर, मन्त्रिपरिषद् विस्तार भने भदौ १४ पछि गर्ने गरी सहमति बनेको बताइएको छ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक राज्यमन्त्रीसहित ६/६ मन्त्रालय पाउने भागबण्डा मिलेको छ। संविधानमा भएको व्यवस्थाअनुसार २२ मन्त्रालयमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइन्न।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन्। सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ।