यो सरकारले नै निर्वाचन गराउँछ – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
4.1K
SHARES

११ भदौ गोदावरी। आज जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन्।

धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए। ‘हामी कसैको प्रभावमा पर्नु हुँदैन,’ उनले भने, ‘आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन।’ उनले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताए।

डा. भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो। जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो।