तत्काल माओवादीसँग पार्टी एकता हुँदैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
4K
SHARES

१२ भदौ काठमाडौं । आज नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधार बनाउने पहिलो प्राथमिकता भएको बताए  ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वाम लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उनले भने, ‘अरु कुनै पार्टीसँग तत्काल एकता गर्ने छैन । यो पार्टी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ । अहिले यो पार्टीको आधार बलियो बनाउने छौं ।’