यस्तो निष्कर्ष निकाल्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सम्पन्न
१४ भदौ काठमाडौ । आज सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । मन्त्रालय भागबण्डा र गठबन्धनलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल गर्दै बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई, नेकपा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।
बैठकमा तत्काल मन्त्रिपरिषद विस्तारका लागि सबै दलले आआफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।