भारतबाट फर्किएपछि नेता खनालद्धारा यस्तो घोषणा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
7.1K
SHARES

१४ भदौ काठमाडौं । आज भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति समर्पित गर्ने बताएका छन् ।

भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।

आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गरेका छन् ।  “यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।”

नेता खनाललाई स्वागत गर्न माधव नेपालसिहतका नेताहरू साेमबार विमानस्थल पुगेका थिए ।