सभामुख राजमार्गमा हिँड्न मान्दैन , भिरतिर कुद्छन् – अध्यक्ष ओली
१५ भदौ काठमाडौं । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाएका छन् । झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाए ।
कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश पोखेका थिए ।
राजमार्गबाट सभामुख हिँड्न मान्दैन । कान्लाकान्ला, भिरभिर कुद्छ । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ ।
सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । त्यही भइराखेको छ , उनले भने । आफूहरूले लोकतन्त्रको चिन्ता गरिरहेको उनले बताए ।