प्रधानन्यायाधीशको यस्तो प्रस्तावले न्यायाधीशहरू अलमलमा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८
10.1K
SHARES

१४ कात्तिक काठमाडौ ।आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अब न्यायिक नेतृत्व छोडेर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै विद्रोहमा उत्रिएका न्यायाधीशहरूलाई एउटा प्रस्ताव पठाएका छन् – म सम्मानजनक बहिर्गमन चाहन्छु।

यस्तो प्रस्ताव उनले न्यायाधीश मनोज शर्मामार्फत् पठाएका हुन्। स्रोतका अनुसार आइतबार न्यायाधीशहरूको छलफलमा अर्का एक न्यायाधीशले प्रधानन्यायाधीशको यस्तो प्रस्ताव रहेछ भनेर सुनाएका थिए।

न्यायाधीशहरूले भने प्रधानन्यायाधीशको प्रस्ताव बुझेनन्। आजको छलफलमा कतिपय न्यायाधीशले भने वार कि पार त राजीनामा मागेकै दिनदेखि भएकाले कुराकानी गर्ने बाटो बन्द नगरौं भन्ने प्रस्ताव गरे। त्यसपछि केही न्यायाधीशले प्रधानन्यायाधीशको प्रस्ताव प्रष्ट रूपले बुझ्न भनेर एउटा अनौपचारिक समिति बनाएको एक न्यायाधीशले भने।