यस कारण आज नहुने भो बालुवाटार जग्गा प्रकरणको फैसला
१५ कात्तिक काठमाडौ ।आज बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज नहुने भएको छ । न्यायाधीश नहकुल सुवेदी आफन्तको उपचारका लागि भारत गएकाले आज तोकिएको फैसला मिति प्रभावित भएको हो ।
गत आइतवारदेखि सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध अन्य न्यायाधीशले आन्दोलन गरेकाले पनि मुद्दा प्रभावित हुने देखिएको थियो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले आज फैसला सुनाउने निर्णय गरेको थियो । असोज १८ गते प्रधानन्यायाधीश जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि निर्णय सुनुवाइका लागि आजको मिति तोकिएको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
२०७६ माघ २९ मा दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएपनि सुनुवाई हुन सकेको थिएन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवास क्याम्पको करीब १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउन भूमिका खेल्ने १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो ।
अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय १० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।।