यस समयसम्म मात्र देउसी खेल्न पाइने


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
4.4K
SHARES

१६ कात्तिक काठमाडौं। काठमाडौँ जिल्लामा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने बताएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ ।