ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८
4.6K
SHARES

१७ कात्तिक जाजरकोट । जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मत्यु भएको छ ।

नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर मंगलवार राति नलगाड–५ पोखरागाउँ नजिकै झुल्के डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिक रहेका छन् ।

प्रहरी नायव डीएसपी मधुकुमार थापाका अनुसार सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए ।