ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २५ २०७८
2.7K
SHARES

२५ कात्तिक काठमाण्डौ । काठमाण्डौको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको ज्यान गएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि पुर्याएलगत्तै बीएण्डबी अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।