पठाओ दुर्घटना : चालक र सवार दुवै जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ३० २०७८
9.2K
SHARES

३० कात्तिक काठमाडौँ । काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुदाँ चालक र सवारी दुबै जनाको मृत्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।

कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले डक्टर दिएको थियो । भाडावाला वस र स्कुटर महानगरीय प्रहरी वृत कालीमाटीको नियन्त्रणमा रहेको छ ।