बस दुर्घटना हुदा चारजनाको घटनास्थलमै मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
9.8K
SHARES

२ मंसिर दाङ । रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस सहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

बसमा १० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी छ ।