सरकारले स्थानीय तहको निर्वाचन गर्न थाल्यो तयारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
5.4K
SHARES

७ मंसिर काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए ।