दुर्घटनामा परि अखिल (क्रान्तिकारी) संयोजकको मृत्यु
७ मंसिर गोरखा । आज नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिक्रारी पालुङटारका संयोजक सुर्वण देवकोटाको दुर्घटनामा परि निधन भएको छ । तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा बसले देवकोटा सवार स्कुटीलाई ठक्कर दिदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पालुङटार नगरपालिकाको–४ निवासी २४ वर्षिय विद्यार्थी नेता देवकोटाको बाईसजग्गारबाट डुम्रे जाँदै दुर्घटनामा परेका हुन् । बाइसजग्गारमा ना ६ ख ९१३४ नम्बरको यात्रु वसले र सोही दिशाबाट यात्रा गरिहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।