१२ वटा रोटरी क्लबहरुको संयुक्त आयोजनामा “शेयरिङ्ग द रोटरी स्टोरी” कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १८ २०७८
15.3K
SHARES

१८ मंसिर काठमाडौं। नेपालमै संभवत पहिलो पटक देशका बिभिन्न १२ वटा रोटरी क्लबहरु (रोटरी क्लब अफ काठमाण्डौं, रोटरी क्लब अफ काठमाण्डौं मेट्रो, रोटरी क्लब अफ बिराटनगर, रोटरी क्लब अफ बागमती काठमाण्डौं, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ काष्ठमण्डप, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ त्रिपुरेश्वर, रोटरी क्लब अफ काठमाण्डौं मिडटाउन, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लब अफ कुपण्डोल)को संयुक्त आयोजनामा काठमाडौं स्थित होटल अलफ्टमा “शेयरिङ्ग द रोटरी स्टोरी” कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा रोटरी क्लबले देशको बिभिन्न भु–भागमा बिभिन्न विषयमा गरेको उल्लेखनिय सामाजिक अभियानहरुको बारेमा श्रब्यदृश्य सामाग्रीको प्रस्तुती गरेको थियो साथै बाह्रैवटा रोटरी क्लबहरुले आ –आफ्नो स्टल पनि राखी त्यस मार्फत पनि आफुले गरेका सामाजिक कार्यहरुको सारांशमा प्रस्तुती गरेका थिए । जस मध्येका ३ स्टललाई उत्कृष्ट स्टल पनि घोषित गरेको थियो ।

उक्त कार्यक्रममा बिभिन्न देशका राजदूतहरु, यूनेस्कोका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, अन्य बैदेशिक नियोगका प्रतिनिधिहरुका साथै रोटरी क्लबका बिभिन्न ब्यक्तित्वहरु तथा अन्य विशिस्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका संयोजक निभा प्रधानले रोटरी क्लबले समाजमा रहेका बिभिन्न बिषयमा सकारात्मक परीवर्तनका निमित्त गरेका यि कार्यहरु निकै सह्रानिय रहेको र निकट भविष्यमा पनि यस्ता कार्यक्रमहरु गरिने वताउनु भयो ।