नाडा चुनावः अध्यक्षमा चौधरी र थापाबीच प्रतिस्पर्धा हुदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २३ २०७८
5.1K
SHARES

२३ मंसिर काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।काठमाडौंको सोल्टी होटलमा आज बिहान ८ बजेदेखि मतदान शुरू हुँदैछ।

नेतृत्वका लागि करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। यो पटक प्यानल नै बनाएर चौधरी र थापा समूह चुनाबी मैदानमा उत्रिएका छन् ।

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीहरुको समर्थन रहेको छ।

चौधरीको प्यानलबाट सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, नेपाल जेनरल मार्केटिङका अभिक ज्योति, एमएडब्लुका मिलनबाबु मल्ल, अग्नि इन्कर्पोरेटेडबाट बरदान बस्नेत, आइएमई मोटर्सबाट निशान ढकाल उम्मेद्वार रहेका छन् ।

चौधरी प्यानलबाट सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी उम्मेदवार बनेका छन् ।

त्यसैगरी थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन छ।

थापाको प्यानलबाट लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छा र जगदम्बा मोटर्सका महाप्रवन्धक दीपक अग्रवालले उम्मेद्वारी दिएका छन्।

थापा प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, यमुना श्रेष्ठ र सञ्जयकुमार खेतान उम्मेदवार रहेका छन् ।