कोभिड–१९ विरुद्धको खोपले प्रजनन स्वास्थ्यमा असर पुर्याउँछ ?
७ पुस काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउँदा प्रजनन स्वास्थ्यमा असर पर्ने भ्रम अहिले पनि कतिपयमा देखिन्छ । तर, यो खोप लगाउँदा व्यक्तिको प्रजनन स्वास्थ्यमा कुनै प्रतिकूल असर नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
खोप लगाएका व्यक्तिमा संक्रमण भइहाले पनि जटिलता र मृत्युको जोखिम पनि कम हुने मन्त्रालयले जनाएको छ । सरकारले तीन महिना पूरा भएका गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
अहिले सातवटै प्रदेशका स्थानीय तहहरूबाट १८ वर्षमाथिका नागरिकलाई एस्ट्राजेनेका र भेरोसेल खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै, ५७ जिल्लाबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ ।