प्रतिनिधि सभाको बैठक १८ गतेसम्मका लागि स्थगित
७ पुस काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ। बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।
प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने बताइएको छ। गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो।
सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै भदौदेखि निरन्तर विरोध गरिरहेको छ।