भोलि सार्वजनिक बिदा दिन प्रस्ताव


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
9.7K
SHARES

१४ पुस काठमाडौं। गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीवार गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने,‘हामीले भोलि बिदाका लागि क्याविनेटमा प्रस्ताव लगेका छौं। उताबाट के निर्णय हुन्छ त्यसैका आधारमा बिदा हुने नहुने तय हुन्छ।’

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।