जनस्वास्थ्य संघको केन्द्रीय सचिवमा दुलालको उम्मेद्धारी


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
10.2K
SHARES

१८ पुस काठमाडौं । नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिमा तेज प्रसाद दुलालले सचिवमा उम्मेद्धारी दिएका छन्। पुस २४ गते हुने निर्वाचनको लागि दुलालले सचिवमा उम्मेद्धारी दिएका हुन्।

बसन्त अधिकारीको नेतृत्वमा प्रगतिशील समूहबाट आफुले सचिवमा उम्मेद्धारी दिएको दुलालले जानकारी दिए। लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका दुलाल यूवा जनस्वास्थ्यकर्मी हुन्। जनस्वास्थ्यसंग सम्बन्धित विभिन्न संघसंगठनमा रहेर सक्रियतापुर्वक काम गर्दै आएका दुलाल तमाम जनस्वास्थ्यकर्मीको हकहितको पक्षमा काम गर्न आफुले उम्मेद्धारी दिएको बताएका छन्।

संघको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।

अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको छ भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेद्धारी परेको छ । सदस्यतर्फ समावेशीमा सात जना र खुला तर्फ १४ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिले बताएको छ।संघमा कुल १ हजार ७ सय १८ मतदाता रहेको समेत समितिले जानकारी दियो ।