एमसीसी र सरकार बारे यस्तो निर्णय गर्दै माओवादीको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
3.8K
SHARES

१३ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ।

बैठकपछि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सकेसम्म गठबन्धनलाई जोगाउन पहल गर्ने निर्णय भएको बताए।

अध्यक्ष  प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीवार एमसीसीका बारेमा छलफल गरेका थिए। एमसीसीकै विषयलाई लिएर हाल सत्ता गठबन्धन विभाजित भएको छ।

कांग्रेस जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने नेकपा एकीकृत समाजवादी र माओवादी विपक्षमा उभिएका छन्। एमसीसीलाई लिएर कांग्रेसले एमालेसँग सहकार्यका लागि गृहकार्य गरिरहेको छ।