एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
2.2K
SHARES

१५ फागुन काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको पार्टीकी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन्।

‘अमेरिकालाई सरकारकातर्फबाट पठाएका प्रश्नहरू नै व्याख्यात्मक घोषणामा पर्ने हुन्। अब मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरेर संसदमा ल्याउँछ। हाम्रो पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा मतदानको निर्णय गरेको छ,’ उनले भनिन्।

सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने रणनीति अन्तर्गत संसद्‌बाट ‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न’ गठबन्धनका शीर्ष नेताहरुबीच सहमत भएका थिए।