दशा लागेपछि प्रचण्ड-माधवले सरकार ढाले – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८
3K
SHARES

२७ फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ उनले अघि भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।