एकता भनेर गीत गाउने बेकारको तमासा – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८
4.7K
SHARES

१ चैत काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कम्युनिष्ट फेरि एकता’ भनेर गीत गाउनु बेकारको तमासा भएको बताएका छन्। कम्युनिस्ट सरकार ढाल्न संसदमा उपस्थित नहुने अनि पछाडिको ढोकाबाट दक्षिणपन्थी सरकार बनाउन जानेहरूले कम्युनिस्ट एकताको गीत गाउन नमिल्ने उनले टिप्पणी गरे।

मंगलवार अनेमसंघको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा परमादेशीमा विश्वास गर्ने र जनादेशमा विश्वास गर्ने दुई शक्ति रहेको बताएका हुन्।

‘कम्युनिस्ट एकता भनेर गीत गाउने बेकारको तमासा हो। कम्युनिस्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउनेले के कम्युनिस्ट एकताको कुरा गरेको ? कम्युनिस्ट सरकार ढाल्न बाहिर जाने र पछिल्लो ढोकाबाट गएर दक्षिणपन्थीको सरकार बनाउने ?,’ ओलीले भने।