गठबन्धन बैठक : महानगरको केन्द्रले, बाँकी तल्लो तहले निर्णय गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
8.5K
SHARES

१७ चैत काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ भने बाँकी तल्ला कमिटीमा पनि संयन्त्र बनाएर उमेदवार टुंगो लगाउने भएको छ ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताए। ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ।,’ उनले भने।

त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ।,’ उनले भने, ‘त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ।’

पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री देउवलाई सफलताको शुभकामना व्यक्त गरेको प्रवक्ता कार्कीले जानकारी दिए।