प्रधानमन्त्री देउवा वाराणसीमा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
2.8K
SHARES

२० चैत वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन् ।

त्यसअघि, प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । रासस