गण्डकीमा बन्यो चुनावी गठबन्धन
२१ चैत गोरखा । आज बसेको गठबन्धन दलबीचको बैठकले गोरखाको गण्डकी गाउँपालिकामा चार दलविच गठबन्धन गर्ने सहमति बनेको छ । जिल्ला र केन्द्रको निर्णय अनुसार अगाडी बढ्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस गण्डकी गाउँपालिकाका सभापति एवम् गाउँपालिका अध्यक्ष होम बहादुर रानाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन दलहरूविच आरोपमाप्रत्यारोप नगर्न आफ्ना नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको नेकपा समाजवादीका अध्यक्ष उत्तमराज पन्तले जानकारी दिए ।
बैठकले होम बहादुर रानाको सयोजकत्वमा ४ सदस्यीय गठबन्धन कमिटी समेत निर्माण गरेको छ । उक्त कमिटीमा माओवादी केन्द्रबाट अध्यक्ष सिताराम रसाइली, जनता समाजवादीबाट एमदत्त दवाडी, नेकपा एकीकृत समाजवादीबाट उत्तमराज पन्त रहेका छन् ।