थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट गोकर्ण रुपाखेतीको चर्चा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
8.4K
SHARES

२४ चैत धादिङ ।  स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय तहहरुमा उमेद्धारको आकाङ्क्षीहरु देखिन थालेको छ । प्राय सबै पार्टी भित्र आकाङ्क्षीहरुको चाङनै रहेको छ । पार्टीहरुलाई टिकट व्यवस्थापन गर्न समेत हम्मे–हम्मे परेको छ ।

कतिपए स्थानीय तहहरुमा उमेद्धार छान्नको लागि राजनीति दलको केन्द्रिय नेताहरुलेनै हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अर्काे तर्फ सत्ता गठबन्धन दलले चुनावि तालमेल गर्ने लगभग निश्चित छ ।

यतिबेला धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट गोकर्ण रुपाखेतीको चर्चा चल्न थालेका छन् । नेकपा एमाले धादिङको जिल्ला सदस्य समेत रहेका उनी लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहदै आएका छन् । स्थानीय कार्यकर्ता र जनताको माझ उनी निकै लोकप्रिय छन् ।

अर्काे तर्फ लामो समयदेखि उनी सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् । स्थानीय कार्यकर्ताहरुका अनुसार रुपाखेतिमा सबैलाई मिलाउन सक्ने क्षमता रहेको कारण चर्चामा आएका हुन् । स्थानीय एक कार्यकर्ताका अनुसार रुपाखेतिमा हालको गठबन्धनलाई समेत परास्त गर्न सक्ने क्षमता रहेको छ ।

अध्यक्षमा रुपाखेतीका साथै, रामकुमार आचार्य र कृष्ण पन्तको समेत चर्चा रहेको छ । आचार्य हाल थाक्रे गाउँपालिकाको अध्यक्ष हुन् ।