एमाले नेता निर्वाचन आयोग जाँदै


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
8.2K
SHARES

२४ चैत काठमाडौ । नेकपा (एमाले)का नेताहरू आज निर्वाचन आयोग जाँदै छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा नेताहरू दिउँसो १ बजे काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसक्रममा निर्वाचन आचारसंहितामा रहेका केही विषयमा ‘रिजर्भेसन’सहित आफ्नो धारणा राखिने उनले बताए । एमालेले निर्वाचन आचारसंहितमाा रहेका केही विषयमाथि प्रश्न उठाएको छ ।

यसअघि, आयोगमा भएको बैठकमा होहल्ला भएको भन्दै एमाले नेताले प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरी फर्किएका थिए । आयोगले भोलिदेखि आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आज बैठक बसेर निर्णय गर्ने बताइएको छ ।