विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
7K
SHARES

२५ चैत  काठमाडौं । ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो।

अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ ओलीले भने, ‘मैले गाउँपालिका अध्यक्ष सजिलै जित्छु। सबै जनताले साथ दिन्छन् त्यसमा कुनै शंका छैन।’