राष्ट्रिय सभामा माओवादी अध्यक्ष प्रचण्डका भाइ मनोनीत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
7.6K
SHARES

२५ चैत काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् ।

दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने यसअघि वाग्मती प्रदेश अध्यक्ष थिए ।