अखिल (क्रान्तिकारी) विवादमा : जुम बैठकको निर्णय कार्यान्वयनमा नजाने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
5.8K
SHARES

७ वैशाख काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले पदाधिकारीलाई ७ महिनापछि पूर्णता दिएको छ । अध्यक्ष पंचा सिंहको नेतृत्वमा बसेको दोस्रो पूर्ण बैठकले घोषणा गरेको हो ।

घोषणा लगतै विधि र पद्धति अनुसार नभएको भन्दै चर्को रूपमा विरोध भएको छ । असन्तुष्ट पक्षको नेतृत्व नेता पवन कार्कीले गर्दै आज पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

एकलौटी रुपमा सामान्य जनवादको समेत प्रयोग गर्न नदिइ zoom बैठकबाट गरिएको अबैधानिक निर्णय खारेजीको माग सहित अध्यक्ष प्रचण्ड लाई आज १०० भन्दा बढी साथिहरुको समर्थन सहितको ध्यानाकर्षण पत्र बुझाएको नेता कार्कीले बताए  ।

अध्यक्ष प्रचण्डद्वारा तत्काल जुम बैठकको निर्णय कार्यान्वयनमा नजाने र यसको विषयमा पार्टीमा गम्भीर छलफल गरेर निर्णय गर्ने बताएका छन ।