धादिङमा टुंगियो गठबन्धन भागबण्डा, कसलाई कुन ?


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ११ २०७९
2.5K
SHARES

११ बैशाख धादिङ। सत्तारुढ गठबन्धनले धादिङमा चुनावी भागबण्डा टुंगो लगाएको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि गठबन्धनबीच उक्त सहमति जुटेको हो । सहमति अनुसार नेपाली काँग्रेसले एक नगरपालिकासहित ८ वटा स्थानीय तहमा प्रमुख र ४ वटा स्थानीय तहमा उपप्रमुख पाएको छ ।

नेकपा एकीकृत समाजवादीले १ नगरपालिकासहित २ वटा प्रमुख र ५ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ४ उपप्रमुख पाएको छ । जिल्ला समन्वय समितिमा भने माओवादी केन्द्रले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने भएका छन् ।