माओवादी केन्द्रबाट बेलकोटगढी नगरपालिका–२ को वडा अध्यक्षमा नेता ढुंगाना
१र वैशाख नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–२ ,फलाम्चौर निवासी ५१ वर्षिय खेमराज ढुंगानाले सोमवार आसन्न स्थानिय तह निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय बेलकोटगढीमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।
उमेदवारी दर्ता पछि ढुंगानाले आफु अत्यधिक बहुमतले बिजयी हुनेमा बताए । हाल बेलकोटगढी नगरपालिका–२ नेकपा माओवादी केन्द्रका पार्टी वडा अध्यक्ष पनि छन। आफु नितिगत भ्रष्टाचार अन्त्य संगै युवाको मुल आश्यनै आफ्नो पहिलो प्रथाभिक्ता रहने प्रतिबद्धता व्यक्त गरे ।
आफु जन्मेको गाउँ–ठाउँ प्रतिको माया निकै रहेको र वडावासीको थप साथसहयोग रहेमा भविष्यमा बेलकोटगढी नगरपालिका -२ कृषि पकेट क्षेत्र साथै पर्यटकिय क्षेत्र बनाउने र देश विदेशबाट लाखौ पर्यटक भित्राउने लक्ष रहेको बताए । वडा सदस्यमा मधु प्रसाद न्यौपाने, कल्पना श्रेष्ठ, विष्णु तामागं(रूम्बा) र राधिका कामी (सुनार) रहेका छन् ।